गड्याङ गूडुङ र आँधी बेहरी!
वसन्तमय मुडमा पनि त्यस दिन मौसम अलि आउट-अफ-मुड देखिन्थ्यो ।
पानी मुसलधारे स्टाइलमा परिरहेको थियो र म पनि निथ्रुक्क स्टाइलमा भिजिरहेको थिएँ । मसँग छाता थिएन । नजिकैको कुनै होटल \ रेस्टुराँ \ क्याफे गई त्यो मौसमे मुड स्विङ शान्त नभइन्जेल ओत लाग्ने विचार गरेँ । बाटोमा जम्मा भएको पानीलाई छप्ल्याङ छुप्लुङ गर्दै एउटा क्याफेभित्र फुत्त छिरेँ । लाग्थ्यो, बाहिरको माहोलले भित्र खासै असर पारिरहेको थिएन । ४\५ वोटा टेबललाई मजस्ता फेलो मनुस्यहरुले ओगटेका थिए । एउटा कुनाको टेबलचैँ खाली रहेछ । सरासर त्यहाँ गई बसेँ ।
क्याफेको डिम लाइटले त्यो कुनाको टेबललाई भेटाउन खोजिरहेको थियो । चार कुर्चीले घेरिएको त्यस टेबलमा अ पाइल अफ टिस्यु र एउटा रातो गुलाफ राखिएको थियो । नेपथ्यमा नसुनेको \ नचिनेको कुनै गीत बजिरहेको थियो । अनि फेलो मनुस्यहरु भने गफमै मस्त थिए । वेटर ब्रो टुप्लुक्क आइपुग्यो ।
“के लिनुहुन्छ सर?”
“दिस वेदर डिमान्ड्स फर अ हट क्यापचिनो, व्हाट डु यु से माई फ्रेन्ड?”
“भेरी नाइस च्वाइस सर”
टेबल नम्बर ३ को सरलाई क्यापचिनो भन्दै ब्रो कतै बिलायो । केही छिनमा टेबल नम्बर ३ को सरलाई कफी सर्भ गरियो ।
सरले कफिको सुरुप लिनुभएको त आत्था! अलि तातो नै रहेछ ।
त्यत्तिकैमा ढोकाबाट एउटा भलादमीको एन्ट्री भयो । हिलोमा लडिबुडी गर्दै आएका मेरा जुत्ताभन्दा उसका जुत्ता सफा देखिन्थे। लामो ग्रे ओभरकोट र झुस्स दारी बोकेको उसको अनुहार मङ्गोल आकारको थियो । उसको हातमा टन्नै औँठी त जोसुकैले नोटिस गरे होलान् ।
क्याफेभरी खाली सिट मेरै टेबलमा थियो । खाली ठाउँँ छ कि भनी सर्र खोजेपछी ऊ म भाठाम् आई बस्न हुन्छ कि भनी इसारैले सोध्यो । मैले पनि इसारैले ‘जरुर बस्नोस’ भनेँ ।
ऊ मेनुलाई आफ्ना चिम्से आँखाले स्क्यान गर्दै थियो । अपरिचित व्यक्तिसँग बस्दाको सेन्स अफ अकवर्डनेस मलाई ऊसँग बिल्कुल लागेन । बरु लाग्थ्यो वर्षौँदेखि उसलाई चिन्दै आएको छु । तर कता ? मोजार्टका सिम्फोनीहरुमा ? भ्यान गगका पेन्टिङहरुमा ? किताबका पानाहरुमा ? कता ? व्हेर ह्याब आई सीन दिस झुस्स दारिवाला स्ट्रेन्जर ? मेबी सम-व्हेर? मेबी नो-व्हेर?
एउटा लेडीले क्याफेको ढोका खोल्दा वर्षातको आवाज भित्र पनि गुन्जियो । नीलो फुलबुट्टे छातालाई ढोकानिर राखी ऊ मिस्टर स्ट्रेन्जरलाई हाई भन्दै हाम्रै टेबलतिर आई । आँखामा गाजल लगाएकी ती लेडीले बटफ्लाई क्लिपले कपाल च्यापेकी थिई । सेतो र उज्यालो ड्रेसले उसलाई सजाएको थियो वा उसले त्यो ड्रेसलाई सजाएकी थिई त्यो भन्न अलि कठिन थियो । सोचेँ कि मलाई कहिले लव एट फर्स्ट साइट हुँदो हो त यही/यस्तै लेडीसित हुँदो हो । शी वज द्याट ब्युटिफुल !
मलाई देखाउँदै ‘योर फ्रेन्ड?!’ भन्दै मिस्टर झुस्स दारीलाई सोधी । ‘नो’ भनी मन्द मुस्कान दिदैँ उसले टाउको हल्लायो । सेन्स अफ अकवर्डनेस बल्ल अलि बढ्दो थियो । छेउबाट कुनातिर सर्दै र आफ्नो तातो कफिलाई सार्दै ब्युटिफुल लेडिलाई ठाँउ छोडेँ । मिस्टर स्ट्रेन्जर र सो लेडी फेस टु फेस थिए अनि म लेडीको साइडमा । मेरो फेस टु फेस भने रातो गुलाफसँग हुँदै थियो ।
वेटरलाई बोलाउँदै लेडीले आफूलाई एक कप मिल्क टि विद एक्स्ट्रा सुगर मगाइन् र मिस्टर स्ट्रेन्जरलाई लेमन टि !
अकवर्डनेसले मेरो जिउ नै तताउन थालिसक्दा पनि मेरो कफी भने अझै सेलाएको थिएन । उनीहरुको कुराकानी क्लियर सुने पनि नसुनेझैँ गर्दै टेबलमा रहेको गुलाफलाई घोरिएर हेर्नु नै उचित ठानेँ ।
वेटर ब्रोले ‘योर अर्डर म्याम’ भन्दा म झसङ्ग भएँ । म त आफ्नै सबकन्सिअसनेस/अर्ध-चेतनामा हराइसकेको रहेछु ।
लेडी : थ्यांक यु !
वेटर ब्रो : वेलकम !
लेडी : अनि ? अनि ?
मिस्टर स्ट्रेन्जर : अनि…
अनि त्यस दिन माई डियर फ्रेन्ड फकिर र मैले कतै भेट्ने प्लान बनाएका थियौँ । हामी वसन्तपुरको फ्रिक स्ट्रीट हुँदै दरबार क्षेत्रको खुला ठाउँमा आइपुग्यौँ । त्यहाँ विदेशीहरुलाई लोभ्याउने गरी खुकुरी, माटोका कलात्मक वस्तु, रुद्राक्षका माला र अन्य चीजबीज राखिएका थिए । त्यहाँ जाँदा हरेक चोटि उसलाई पनि रुद्राक्षको माला किन्ने बहुत रहर हुन्छ भन्ने सुनायो । एनिवेज, त्यहाँ जहाँ फलामका केही मेच राखिएका थिए, हामी वन अफ द मेचमा गएर बस्यौँ । एउटा गुन्यो-चोलो प्लस पटुका बाधेँकी बुढी आमैले चिया खाने कि भनी प्रस्ताव राख्नु भयो । हामीले बरु चिया पिउने कुरा गर्यौँ । गुन्यो-चोलो प्लस पटुका बाधेँकी बुढी आमै फिस्स पर्नु भयो ।
प्लास्टिकको सानो कपमा बीस रुपिँया जाने दुध, चियापति, चिनी एन्ड ह्यान्डसम अमाउन्ट अफ पानी हालेको चिया कहिले-कतै पिएकी छ्यौ? अनि मजस्तै आफुले जीवनभर खाएको/पिएको चिया/ कफीको फोटो खिच्दै हिँड्न त तिमीलाई मन लाग्दैन?
लेडी : छैन छैन ! मन लाग्दैन पनि । अनि अनि अरु भन ।
त्यस स्ट्रेन्जरको कुराले मलाई उसको कहानी सुन्न जिज्ञासु एवम् क्युरिअस बनाउँदै गयो । ऊ फेरी आफ्नो कुरालाई निरन्तरता दिन थाल्यो :
फकिर र म बेलाबखत त्यस्तै कतै धार्मिक/ऐतिहासिक ठाउँमा भेट्न मन पराउँथ्यौँ । पाटनका नन-फिक्सनल एवम् तान्त्रिक गल्लीहरुबाट केही हप्तायता हाम्रो अड्डा कान्तिपुरका सर्रियल चोकहरुतिर सरेको थियो ।
ऊ एउटी केटीको मायामा सेन्टी फ्ल्याट रहेको कुरा सुनायो । नाम उसलाई पनि कन्फर्म थिएन रे । भक्तपुर दरबार स्क्वाएरमा त्यस केटीलाई एउटा सानो ७-८ वर्षे फुच्चेले ‘सुप्रिया’ भनेको सुनेको थियो रे । त्यसभन्दा बढी उसलाई ‘सुप्रिया’ को बारे थाहा भएको कुरा यत्ति हो रे कि उसको मुहार र मुस्कान तिनै दरबार स्क्वाएरमा कुँदिएका झ्यालहरुझैँ कलात्मक थिए । अनि उसले सुप्रियालाई देखेको बार शनिबार थियो । शनिबार उसको जन्म-बार पनि हो । ऊ हरेक शनिबार सुप्रियाको अर्को झल्को देख्ने आशले त्यहीँ पुग्थ्यो । सेम टाइम, सेम प्लेस, सेम डे, एभ्री विक! किनकी सुप्रियालाई भेटेर कुन्नि कुन पो फुल दिँदै उसलाई गुन्गुनाउन मन थियो रे : तेरे नामके सिवा मुझे कुछ भी पता नहीँ ..
त्यो सानो फुच्चे भाईले उर्दु बोल्दै ‘सुक्रिया’ भनेको पो हो कि ? वा सुप्रियासँग मिल्दो-जुल्दो अरु केही भनेको हो? के होला ? तिमी त्यस दिन भक्तपुर दरबार स्क्वाएरमा त थिएनौ है? ऊ सधैंँ जसो मलाई यस्ता प्रश्न गर्थ्यो ।
त्यस दिन केही फिक्सनल/नन फिक्सनल गफहरु गर्दै हामीले न्युरोड/वसन्तपुर/असनका गल्ली एन्ड चोकहरु तर्यौँ र आआफ्नो बाटो लाग्यौँ । तर त्यस दिनदेखि भने ऊ बेपत्ता छ । नो खबर नो कल्स नो मेसेज, नथिङ! आइ काइन्ड अफ मिस हिम यु नो ! हरेक शनिबार उसलाई भेटाउने आशले म भक्तपुर दरबार स्क्वाएर पुग्ने गर्छु । त्यही हो । ही ह्याज गन मिसिङ !
‘हजुरको कफी सेलाए जस्तो छ,’ लेडिले मलाई हाँस्दै भनिन् । त्यो लेडीको स्वर सुन्दा म फेरी झसङ्ग भएँ । म अलमल्ल परेँ र केही बोल्नै सकिनँ । उनीहरुले आफ्ना ड्रिन्क्स र गफ भ्याएर बाहिर निस्किहाले । मैले पनि आफ्नो सेलाएको कफी सिध्याएँ ।
मौसम धेरै शान्त भईसकेको थियो । म आँफू बाहिर निस्किन लाग्दा त्यो लेडीको निलो फुलबुट्टे छाता त्यहीँ ढोका छेवै छुटेको देखेँ । उनीहरु निस्केको धेरै बेर भैसकेको थियो । उसलाई खोजेर छाता दिने प्रयास नै गरिनँ । कहिले कतै भेटेँ भने दिम्ला तर त्यति बेलाको सिमसिमे पानीमा आफैँ त्यो छाता ओढेर जाने विचार गरेँ ।
त्यस सिमसिमे पानीमा छाता ओढ्दै, मिस्टर स्ट्रेन्जरका कुरा सोच्दै र ब्युटिफुल लेडीलाई सम्झँदै म पनि आफ्नो बाटो लागेँ ।
~~~
‘तेरे नामके सिवा मुझे कुछ भी पता नहीं’ गुन्गुनाउँदै हिँड्दा मेरो घाँटीमा रुद्राक्षको माला र सर्टको खल्तीमा रातो गुलाफ कताबाट आयो र मैले त्यो फुल्बुट्टे छाता कहिले किनेछु भन्ने सम्झिनै सकिनँ ।

Leave a reply to Bookaholic Swarnim Cancel reply